Logo

सुडानमा गोली प्रहार, एक नेपाली सैनिक जवान घाइते



Spread the love

काठमाडौं- दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएका एक नेपाली सैनिक जवान गोली लागेर घाइते भएका छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा रहेका सैनिक घाइते भएका हुन । उनी श्री सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत छन् ।

उनको परिचय भने खुलाएको छैन । उनलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानान्तरण गरी उपचार गरिरहेको र अवस्था खतरामुक्त रहेको नेपाली सेनाले जनाएको छ ।
दक्षिणी सुडानको यई भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशका लागि पानी लिएर फर्किँदै गर्दा ती जवानलाई गत भदौ ३० गते करिब साढे आठ बजे खुट्टाको गोलीगाँठो नजिक गोली लागेको थियो ।

दक्षिण सुडानको पिपुल्स लिवरेसन आर्मी (एसपीएलए)ले गोली प्रहार गरेको सुचना आफुहरुलाई आएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्