Logo

दाङमा पेस्तोल र ४ राउण्ड गोली सहित एक जना पक्राउ



Spread the love

प्रहरीले दाङमा अत्याधुनिक पेस्तोल र ४ राउण्ड गोली सहित एक जनालाई पक्राउ गरेको छ । घोराही उप-महानगरपालिका १५ बुद्धि ग्यारेज नजिकैबाट एक थान पेस्तोल, एक थान म्यागजिन र ४ राउण्ड गोली सहित घोराही उपमहानगरपालिका १३ बडहराका २७ बर्षिय विरबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

अबैध हतियार बोकेर हिडिरहेको भन्ने सूचनाका आधारमा सादा पोशाखमा खटिएका प्रहरीले रा ४ प २४६६ नम्बरको मोटरसाईकल, अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, म्यागजीन र गोली सहित चौधरीलाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले आइतबार पत्रकार सम्मेलन गरी चौधरीलाई हतियार सहित सार्वजनिक गरेको हो । पक्राउ परेका चौधरीका बारेमा अनुसन्धान भैरहेको र हातहतियार खरखजना मुद्धामा कार्वाही प्रकृया सुरु गरिएको प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्