Logo

विप्लव प्रवक्तालाई ३ दिनभित्र पेश गर्न सरकारलाई सर्वोच्चको आदेश



Spread the love

काठमाडौं – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामा राखिरहनुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।

सर्वोच्चले ३ दिनभित्र बन्दीलाई पनि अदालतमा पेश गर्न आदेश दिएको छ । प्रकाण्डलाई सरकारले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाइको माग गर्दै भाइ वीरेन्द्र विश्वकर्माले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले उनलाई थुनामा राखिरहनुपर्ने कुनै कारण भए ३ दिनभित्र पेश गर्न आदेश दिएको हो ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले निवेदकले मागे अनुसार बन्दीप्रत्यक्षीकरण आदेश जारी हुनु नपर्ने कारण भए बाटोको म्यादबाहेक ३ दिनभित्र बन्दीसमेत उपस्थित हुन सरकारलाई आदेश दिएको हो ।

गत भदौ २९ गते सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण आदेशबाट रिहा भएका प्रकाण्डलाई त्यसै दिन पक्राउ गरी उदयपुर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्