Logo

८५ वर्षे इतिहास बोकेको परीक्षा नियन्त्रण कार्यालय खारेज



Spread the love

काठमाडौं-  ८५ वर्षे इतिहास बोकेको शिक्षा मन्त्रालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय खारेज भएको छ । १९९० बाट एसएलसी परीक्षा सञ्चालन गर्दै आएको पनिका खारेज भएको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार अब पनिकाको काम कारवाही राष्ट्रिय परीक्षा बोर्डबाट हुनेछन् । ऐनको नवौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तह बनाएको छ । कक्षा ८ सम्म आधारभूत र कक्षा ९–१२ सम्मलाई माध्यमिक तहमा विभाजन गरेको छ । विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा हुने र त्यसका लागि राष्ट्रिय परीक्षा बोर्ड गठन भई सञ्चालनमा आइसकेको छ ।

बोर्डले दिएको अख्तियारी अनुसार माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को परीक्षा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्