Logo

धरानमा तीन दिनसम्म संविधान दिवस मनाइने



Spread the love

धरान-धरानमा तीन दिनसम्म संविधान दिवस मनाइने भएको छ । उपमहानगरपालिकाले असोज ३ गते बुधबार पर्ने संविधान दिवसलाई तिन दिनसम्म मनाउने निर्णय गरेको हो ।

उपमहानगरपालिकाकी कार्यवहाक नगरप्रमुख मञ्जु भण्डारी सुबेदीका अनुसार उपमहानगरपालिकाले विभिन्न कार्यक्रम गर्दै संविधान दिवसलाई तिनदिन मनाउने निर्णय गरेको हो । धरान उपमहानगरपालिकाले जारी गरेको सूचनामा संविधान दिवसको पूर्वसन्ध्यामा असोज २ गते धरानका मुख्य चौकहरुमा राष्ट्रिय झण्डा राख्ने र साँझ सरकारी कार्यालय, टोल तथा घरघरमा दिपावली गर्ने, संविधान दिवसकै दिन असोज ३ गते विहान प्रभातफेरी गर्ने, दिउँसो संविधानको विषयमा बक्तृत्वकला प्रतियोगिता गर्ने र साँझमा दीपावली गर्ने, त्यसैगरि असोज ४ गते संविधानका विषयमा विज्ञहरुसँग अन्तरक्रिया गर्ने र साँझमा दीपावली गर्ने उल्लेख छ ।

संविधान दिवस मनाउन कार्यवहाक नगरप्रमुख मञ्जु भण्डारी सुबेदीको संयोजकत्वमा मूल समिति बनाइएको धरान उपमहानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत सुमन घिमिरे बताए ।

प्रतिक्रिया दिनुहोस्