Logo

सल्यान जिल्ला नेपालको ३७ औं खुला दिशामुक्त क्षेत्र घोषणा



Spread the love

असार १७, दिपसागर भण्डारी / हिमाल शर्मा
नेपालको ३७ औं खुला दिशामुक्त क्षेत्रको रूपमा सल्यानलाई आज एक कार्यक्रमका बिच खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।
सल्यानमा रहेका ३५ गाउँ विकास समिति र २ नगरपालिका भित्रका सम्पूर्ण घरहरुमा शौचालय बनी प्रयोगमा आएको पाइए पछि खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिहंले सल्यानलाई खुला दिशामुक्त क्षेत्र भएको घोषणा गर्नु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सिहंले जिल्ला वासीको लामो प्रयास साकार भएकोमा धन्यवादको पात्र भएको भन्दै जिल्लाका सुख्खा ग्रस्त क्षेत्रको लागि विशेष अभियान सञ्चालन गरीनुपर्नेमा जोड दिनु भयो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको नीति अनुसार अव एक घर एक धारा अनिवार्य रूपमा लागु गर्न सल्यान वासीलाई आग्रह गर्नु भएको थियो । सल्यान जिल्ला का लागी खानेपानी तथा सरसफाईमा सरकारले कुनै पनि कसरत बाँकी नराख्ने वताउदै जिल्लालाई राम्रो ढङगले सन्चालन गर्नको लागी सल्यानी को एकता जरुरी रहेको समेत बताउनु भयो नेपाल सरकारले पहिलो पटक खानेपानी मन्त्रालयको व्यवस्था गरेकोले अव सरसफाई का कामलाई तीव्रता दिने बताउनु भयो साथै नेपालका ७३ जिल्लामा थप बजेट पठाएको र सल्यान र धादिङ जिल्लाले बजेट खर्चगर्न नसक्ने जनाए पछि बजेट नपठाएको बताउनु भयो । यस्तै विशिष्ठ अतिथि क्षेत्रीय कार्यालय सुर्खेतका नि. क्षेत्रीय प्रशासक नारायण प्रसाद सावकोटले सल्याको विकास र सरसफईका लागी सल्यानको पर्यटनलाई विकास गर्न आग्रह गर्नु भयो साथै उहाँले अधिकार मागेर कर्तव्यको पनि पालना गर्न आग्रह गर्नु भयो यस्तै खानेपानी तथा सरसफाई मन्त्रालयका सिचव डा. सञ्जय शर्मा मानव भएर मानवताको व्यावहार सुक्नु प्रर्ने बताउनु भयो ।

राष्ट्रिय सरसफाई गुरु योजना २०६८ को मापदण्ड अनुसार जिल्लाका ४६ हजार ३ सय ४२ घरधुरीमा घरधुरीमा मापदण्ड अनुसारको पक्कि चर्पी निर्माण गरीएपछि जिल्लालाई एक कार्यक्रमबिच बिच सामूहिक प्रतिवध्दतासहित खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको हो ।
सफा स्वच्छ वातावरण, घर घरमा चर्पी अनि धारा, सुन्दर सफा सल्यान, अबको हाम्रो अभिभारा भन्ने मुलनाराका साथ एक घर एक चर्पि सहित सरसफाईका अन्य इकाइहरु समेत निमार्ण गरी व्यक्तिगत वातावरणिय र अन्य सरसफाई समेतलाई अघि बढाइएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सल्यानका डिभिजन प्रमुख धु्रवदेव प्रसाद कुम्हालले जानकारी दिनु भयो ।

घोषणा सभामा सांसद प्रकाश ज्वाला, टेक बहादुर बस्नेत , खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव डा.सञ्जय शर्मा, क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका नि. क्षेत्रीय प्रशासक नारायण प्रसाद सापकोटा, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रामचन्द्र देवकोटा लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा विभिन्न संस्कृति झल्किने झाँकी सहित र्‍याली निकालिएको थियो । अभियानमा जिल्ला स्थित विभिन्न गैरसरकारी संस्थाहरूले सेवा प्रदायक संसथाको रूपमा काम गरेका थिए । कार्यक्रममा राष्टिय कलाकारहरू राधिका हमाल, कृष्ण रेउले, नेत्र भण्डारी, भागिरथ चलाउने लगायतका कलाकार हरुको बेजोड प्रस्तुति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्