Logo

भर्डीको ह्याट्रिकको मदतमा लिसेस्टरले म्यानचेष्टर सिटीमाथि शानदार जित



Spread the love

 

शनिबार राति भएको खेलमा लिसेस्टरले उपाधिको होडमा रहे_92919116_vardy_2_gettyको सिटीमाथि ४–२ गोल अन्तरले हराएको हो । यससँगै साविकको विजेता लिसेस्टरको ५ खेलको जितविहीन यात्रामा पूर्णविराम लागेको छ ।जेमी भर्डीको ह्याट्रिकको मदतमा लिसेस्टरले म्यानचेष्टर सिटीमाथि शानदार जित हात पारेको छ ।२० औं मिनेटमा भर्डीले व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफमा थप गोल हुन सकेन र लिसेस्टर ३–० ले अगाडि रह्यो ।

घरेलु मैदानमा भएको खेलमा लिसेस्टरले सुरुवाति ५ मिनेटमा नै दुई गोलबाट अग्रता लिएको थियो । तेस्रो मिनेटमा भर्डीले खाता खोले । दुई मिनेटवपछि नै किङले गोल गरेपछि घरेलु टोली २–० ले अगाडि रह्यो ।

खेलको ७८ औं मिनेटमा भर्डीले ह्याट्रिक पुरा गरे । यो उनको २०१२ पछि पहिलो ह्याट्रिक हो । र, सिटी ४–० ले पछाडि रह्यो । ८२ औं मिनेटमा कालरोभले र ९० औं मिनेटमा नोलिटोले गोल गरेपछि भ्रमणकारी टोलीको हार टार्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्