Logo

गुल्मीमा पाचौं परिवार नियोजन दिवस मनाईयो



Spread the love

दुर्गा खड्का -सल्लेरी खबर ।

मालिका गाउँपालिकाको आयोजनामा आज अर्खावाङ स्वास्थ्य चौकि ,नेटा स्वास्थ्य चौकि लगाएत विभिन्न स्वास्थ्य सस्थाहरुमा पाचौं परिवार नियोजन दिवस बिबिध कार्यक्रम गरि मनाईएको छ ।

मालिका गाउपालिकाको अर्खावाङ स्वास्थ्य चौकिमा पनि एक कार्यक्रम सम्पन भएको छ  ।

कार्यक्रममा स्वास्थ्य सम्योजक वसन्तराज भुषाल तथा मालिका गाउँपालिका सुचना अधिकृत जगत पौडेलले परिवार नियोजन सम्बन्धि उपस्थित सर्बसाधारण लाई प्रकाश पार्नु भएको थियो भने उहाहरुले परिवार नियोजनका स्थाई तथा अस्थाई साधनहरुको बारेमा समेत सर्बसाधारण लाई प्रस्ट पारिदिनु भएको थियो ।

स्वास्थ चौकि  प्रमुख खिम ब घर्तीको स्वागत मन्तवय बाट सुरु भएको कार्यक्रम ,स्वास्थ्य चौकि व्यावस्थापन समिति अध्यक्ष तथा वडा न ४ वडा अध्यक्ष हिरालाल अर्याल अध्यक्षता , स्वास्थ सम्योजक वसन्तराज भुसालको प्रमुख आथित्यता र गाउँपालिका सुचना अधिकृत जगत पौडेलको बिशेष आथित्यता  रहेको थियो भने  कार्यक्रमको संचालन लाल बहादुर घर्ती मगरले गर्नु भएको  थियो ।

प्रतिक्रिया दिनुहोस्