Logo

नेपालको क्लब द्वारा थाइल्यान्डको राष्ट्रिय टिम पराजित



Spread the love

cricket_team_nepal

दाङको योङ स्टार क्लबले थाइल्यान्डको राष्ट्रिय टिमलाइ आज भर्खरै सकिएको टी-२० मैत्रीपुर्ण खेलमा ९१ रनले पराजित गरेको छ ।

रुपेश शर्माको कप्तानीमा थाइल्यान्ड गएको टिममा दिपेश शाक्य, सुदिप नेपाली, सोनु तामाङ्ग,आशिष् सिंह, केशव प्रसाद शर्मा,दिवान पुन, सफल कुमत पुरी,ऋषि राज लहरी,प्रवीण अधिकारी, आकाश सिंह,विरसिंह ओली र प्रसन्न शाक्य रहेका थिए ।

टोलीको प्रशिक्षकमा विनील केसी, मेनेजरमा सिताराम शर्मा, मिडिया मनेजेरमा हेमेन्द खड्का, टिम फीजीयोमा डा. सुबोध कुमार शर्मा, टेक्नीकल एनलाइजमा हेमराज बस्नेत, उपब्यबस्थापकमा गणेश शाही र अफीसीयलमा शिखर विश्वकर्मा रहेका छन् ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्व कोषाध्यक्ष सुबोधराज सेर्पालीले टोलीलाई सामाजिक सन्जाल बाट बधाई दिएका छन् । सेर्पालीले सल्लेरी खबर सँग कुरा गर्दै टोलीको प्रदशन बाट आफू खुसी भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्