Logo

मलेसियामा चार नेपालीको रहस्यमयी मृत्‍यु, १३ को अवस्था गम्भिर



Spread the love

काठमाडौं- मलेसियामा चारजना नेपालीको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना नेपाली सहित अन्य ३ जना विदेशी कामदार रहेका छन् । मलेसियाका सञ्चारमाध्यमले विषाक्त मदिरा सेवनबाट उनीहरुको मृत्यु भएको बताएका छन् ।

File Pic.

मदिरा सेवन गरेपछि मृत्यु हुनेमा एकजना स्थानीय पनि रहेका छन् त्यस्तै चारजना नेपाली, एक बंगलादेशी रहेका छन् । अर्का एकजना भारतीय रहेको द स्टार डट कमले जनाएको छ । द स्टारका अनुसार मदिरा सेवन गरी बिरामी परेका १६ जनालाई अस्पतालमा भर्ना गरिएको छ । जसमध्ये १३ जना नेपाली रहेका छन् ।

मलेसियाको प्रहरीलाई उद्धृत गर्दै लेखिएको समाचारमा मृत्युको कारणबारे अनुसन्धान जारी रहेको जनाइएको छ । मृत्यु हुने र अस्पतालमा भर्ना गरिएका नेपालीको नाम अहिलेसम्म खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्