Logo

गुल्मीमा महिला हिंसा न्युनीकरणका लागि अन्तरक्रिया कार्यक्रम सप्पन्न



Spread the love

पछिल्लो समय बढ्दै गरेका महिला हिंसा तथा बलात्कारजन्य घटनाहरूको न्युनीकरणका लागि गुल्मीका महिला पत्रकारहरूले जोड दिएका छन् । आज जिल्ला स्थित नेपाल पत्रकार महासंघ गुल्मीको भवनमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने महिला पत्रकारहरूले पछिल्लो समय महिलाहरू माथि बढ्दै गएको हिंसा तथा बलात्कारजन्य क्रियाकलापहरूबाट आफूलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा छलफल गदै यसको न्युनीकरणका लागि समाजमा सचेतनामूलक क्रियाकलाप सञ्चालन प्रति जोड दिनुपर्ने बताएका थिए ।

दिनप्रतिदिन बढ्दै गएको महिलाहिंसाको अन्त्यका लागि सरकार पनि तदारुक्ताका साथ यसको समाधानका लागि जोड दिनुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए । साथै महिलामाथि समाजमा घट्ने विविध घटनाहरूलाई पनि बाहिर ल्याउनका लागि महिला पत्रकारहरू नै विशेष सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिइएको थियो । अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत महिलापत्रकारहरुको सहभागितामा रहेको रुमा पौडेलले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्