Logo

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक



Spread the love

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ७६ हजार दुई सय २७ सहभागी भएकामा नतिजा अनुसार ए प्लस ल्याउने ८४, ए ल्याउने दुई सय ८४, बी प्लस ल्याउने आठ सय ४० रहेका छन् ।बोर्डका परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षामा बी ल्याउने तीन हजार ३७३, सी प्लस ल्याउने नौ हजार ७५१, सी ल्याउने २१ हजार ५७४ र डी प्लस ल्याउने २२ हजार २९७ रहेका छन् । त्यसैगरी ग्रेड डी ल्याउने १० हजार ४४७ र ई ल्याउने सात हजार ५७७ छन् ।

परीक्षामा डी प्लस वा सो भन्दा मुनि कुनै एक विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको थियो । व्यवस्था अनुसार मौका परीक्षामा एक लाख १६ हजार सहभागी हुन पाउने भए पनि ७६ हजार दुई सय २७ जना मात्र सहभागी भएका थिए ।

यस वर्षको मौका परीक्षाको नतिजा अघिल्लो वर्षभन्दा १४ दिन अघि सार्वजनिक गर्न सफल भएको बोर्डले जनाएको छ । बोर्डले गत  भदौं १६ गते कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षा सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्