Logo

के बिहे पछी आर्यनको क्रेज घटेको हो त ?



Spread the love

aryan-sigdelआजभन्दा १० बर्ष अगाडी छविराज प्रोडक्शनको ब्यानरमा तयार भएको चलचित्र ‘किस्मत’ ले नेपाली चलचित्र क्षेत्रमा एउटा आशलाग्दो चकलेटी अनुहार भित्रायो, ति थिए नायक आर्यन सिग्देल । जति बेला आर्यनको इन्ट्रीले नेपाली बजार गर्माउन थाल्यो त्यसपछि त केही नायकहरुको बिल्लीबाठ समेत भयो । ‘किस्मत’ ले चम्काएको आर्यनको करियर त्यसपछि त कहिले ओरालो नै लागेन । एक समय त निर्माताहरु आर्यनलाई आफ्नो चलचित्रमा लिनका लागी बर्षौसम्म कुर्ने गर्थे । कारण, उनका प्रत्येक चलचित्रले नेपाली बक्सअफिसमा उधुम नै मच्चाउने गर्थ्यो । तर अहिले समय परिवर्तन भइसकेको छ । केही बर्ष अगाडीसम्म ६ लखिया र आठ लखिया हिरो भनेर आफ्नो स्टारडम देखाएका आर्यनको चकलेटी मुहारमा फिदा हुने दर्शकहरु अहिले अनमोल केसी जस्ता चकलेटी नायकको पछाडी दौडिरहेका छन् । एकसमय पुराना हिरोहरुलाई समेत विस्तापित गरेका आर्यनलाई अहिले नयाँ अनुहारका नायकहरुले विस्तापित गराउँदैछन् ।

Aryan-Sigdel-Sapana-Bhandari-engagement-5      २ बर्ष अगाडी सपना भण्डारीसँग विवाह गरेपछि नायक आर्यनले आफ्नो करियरमा खासै सफलताको स्वाद चाख्न पाएका छैनन् । विवाह गरेपछि उनका झण्डै एक दर्जन बढी नेपाली सिनेमा प्रदर्शनमा आए तर केही चलचित्र मात्र होलान जसले आफ्नो लगानी उठाए । विस्तारै पैसाको मोहले राम्रो कथावस्तु र राम्रो ब्यानर छान्न नसक्दा उनलाई हेर्ने दर्शकहरुको दृष्ट्रिकोणमा पनि परिवर्तन आइसकेको छ । विवाहपछि पारिवारिक समस्याका कारण पनि हुन सक्छ आर्यन कथावस्तु र ब्यानर भन्दा पनि पैसाकै पछि दौडिरहे । जसले आर्यनलाई सफलताको सिढी चढ्न मद्दत गरेन ।
जसले अफर गर्यो त्यसैको चलचित्रमा काम गर्ने परिपाटीले लगातार आर्यनलाई निराश मात्र बनाइरह्यो । तर, गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘क्लासिक’ मा उनले निर्वाहा गरेको भुमिकालाई भने दर्शकहरुले खुबै रुचाए, त्यसको फलस्वरुप उनले यस बर्ष तीनटा भन्दा बढी अवार्ड पनि हात पारिसकेका छन् । ‘क्लासिक’ पछि दर्शकहरु उनको चलचित्र हेर्न प्रतिक्षारत त छन् तर अहिले उनी कुनै पनि चलचित्रको छायाँकनमा व्यस्त छैनन् ।
आफ्नो होम प्रोडक्शनबाट नयाँ चलचित्र निर्माण गर्ने तयारीमा रहेपनि अहिले आर्यनको यो काम पनि त्यसै थन्किएर बसेको छ । निर्देशक दिनेश राउतले निर्देशन गर्ने पक्का भइसकेको उक्त चलचित्रको नाम आर्यनले फाइनल भने गरिसकेका छैनन् । निर्देशन दिनेश राउत सुवास गिरी र गोपिकृष्ण मुभिजको ब्यानरमा बन्न लागेको चलचित्र ‘पर्व’ मा व्यस्त हुने भएका कारण आर्यनको उक्त चलचित्रको काम यस बर्ष सुरु नहुने पक्का छ । त्यसैले त आर्यन अहिले घुमघाममा नै बढी समय विताइरहेका छन् ।

aryan-inअब आफ्नो होम प्रोडक्शनबाट निर्माण हुने चलचित्रमा मात्र काम गर्ने घोषणा गरिसकेका आर्यनले सपना भण्डारीसँग विवाह गरेपछि आवेग, सुश्री, नाईके लगायतका चलचित्रहरुमा काम गरेका थिए तर यि चलचित्रले आर्यनलाई नराम्रैसँग धोका दियो । यो भन्नुको अर्थ विवाह अघि आर्यनका कुनै पनि चलचित्र असफल नभएका भने होइनन् तर बिहेपछि भने आर्यनका धेरै जसो चलचित्रहरु असफल छन् । यसबाट के पनि अनुमान लगाउन सकिन्छ भने जति बेला आर्यन अविवाहित थिए त्यति बेला यूवतीहरुमाझ उनको क्रेज मज्जाकै थियो । उनका प्रत्येक चलचित्र हेर्नका लागी हलहरुमा यूवतीहरुकै संख्या बढी हुने गर्थ्यो । जसले गर्दा पनि उनका चलचित्रहरु सफल हुन ठूलै मद्दत गर्यो । तर विवाहपछि यूवतीहरुमाझ उनको क्रेज गतिलो छैन । कारण उनी विवाहित हुनु पनि एक हो ।
जे होस्, लगातार आफु अभिनित चलचित्रहरु असफल हुँदै गएपछि सायद आर्यनको पनि अहिले होस् खुलेको हुन सक्छ, चलचित्र संख्यात्मक खेल्ने भन्दा पनि अब गुणस्तरमा ध्यान दिनु पर्छ भन्ने । त्यसैले त होला आर्यनले आफ्नै होम प्रोडक्शनमा निर्माण हुने चलचित्रमा मात्र काम गर्ने घोषणा गरेका ।

प्रतिक्रिया दिनुहोस्