Logo

लोकसेवामा नयाँ भर्ना यही असोज देखी खुल्दै



Spread the love

काठमाडौं – लोकसेवा आयोगले नियमित प्रक्रिया अन्तर्गत असोजको अन्तिम साता खरिदारदेखि उप-सचिवसम्म खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्ने तयारी गरेको छ । संघीय निजामती सेवा ऐन-२०७५ का मस्यौदामा खरिदार, उपसचिव तथा सहसचिव पदमा खुला भर्ना लिने व्यवस्था हटाईए पनि नयाँ  विज्ञापन खोल्न लागिएको हो ।

संघीय निजामती सेवा ऐन-२०७५ लागू नभएको कारण देखाउँदै आयोगले विद्यामान व्यवस्था अनुसार सबै पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो । निजामती सेवा ऐन-२०४९ अनुसार विज्ञापन निकाल्ने तयारी गरिएको आयोगले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा लगेको संघीय निजामती सेवा ऐन, २०७५ को मस्यौदा संशोधन नभई कार्यान्वयन आएमा आयोगले अबदेखि खरिदार, उपसचिव र सहसचिव पदको विज्ञापन गर्ने छैन ।

बर्षमा करिब १० लाख जनाले लोकसेवा परिक्षा दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्