Logo

प्रचण्डको दाबी, चीन भ्रमण सफल



Spread the love

काठमाडौं- नेकपाका अध्यक्ष प्रचण्ड चीन भ्रमणबाट स्वदेश फर्किएका छन । उनले नेपाल–चीन सरकारबीचको सम्बन्ध विस्तार गर्न आफ्नो भ्रमण सफल भएको दाबी गरेका छन् ।

४ दिने चीन भ्रमणबाट बुधबार राति स्वदेश फर्किएका प्रचण्डले भने– चीन प्रस्थान गर्दा दुई देशका सरकार र नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेको थिएँ । त्यसमा म सफल भएँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका गरेका विकास सहायता समझदारीको कार्यान्वयन गर्ने बिषयमा आफूले छलफल गरेको प्रचण्डले बताए ।

दुवै देशका कम्युनिस्ट सरकारको लक्ष्य विकाश र समृद्धि भएकाले विकाश सहायतामा समान बुझाइ बनेको उनको भनाइ छ । प्रचण्ड भारत भ्रमण सकिएलगत्तै गत भदौ ३० गते चीन भ्रमणमा गएका थिए । त्यस क्रममा उनले चिनियाँ राष्ट्रपति र कम्युनिस्ट पार्टीका विभिन्न तहका नेतासँग छलफल गरेका थिए । राष्ट्रपति सी जिनपिङसँग भने उनको भेट हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्