Logo

जनतालाई केन्द्रविन्दुमा राखेर सेवा प्रवाह गर्न मुख्यमन्त्रीको निर्देशन



Spread the love

धनुषा, ४ असोज –  प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरधामस्थित मालपोत कार्यालय धनुषाको निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ ।

सो अवसरमा मुख्यमन्त्री राउतले जनतालाई केन्द्रविन्दुमा राखेर सहज र छिटोछरितो सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिदैं सेवाग्राहीको गुनासो सुन्ने र त्यसलाई तत्काल सम्बोद्धन गर्नेतर्फ पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यालयको सरसफाईमा ध्यान दिन र कार्यालयभित्र देखिएका समस्यालाई तत्काल सुधार गरी सेवा प्रवाहमा तीव्रता ल्याउनपनि उहाँले निर्देशन दिनुभयो ।

मालपोत कार्यालयका निमित्त प्रमुख मो इजहाराले कार्यालयको कार्यसम्पादन, सेवाग्राहीको समस्या र त्यसको समाधानका उपायकाबारे मुख्यमन्त्री राउतलाई जानकारी गराउनुभयो ।

मुख्यमन्त्री राउत मालपोत कार्यालयमा आउनुभएको थाहा पाएपछिसेवाग्राहीको भिड लागेको थियो । मालपोत कार्यालयमा हुने गरेको ढिलासुस्ती र अनियमितताका बारेमा ध्यानाकर्षण गराउँदै सेवाग्राहीले कार्यालयको कामकारवाहीमा तदारुकता ल्याउन पहलका लागि मुख्यमन्त्रीसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्