Logo

स्वार्थभन्दा माथि उठेर काम गर्न नसक्दा तनहुँले अवसर गुमायो:गोविन्दराज जोशी



Spread the love

तनहुँ, ४ असोज – नेपाली काङ्ग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशीले राष्ट्रिय राजनीतिक हैसियत बनाएको तनहुँले ती सबै अवसर गुमाएको बताउनुभएको छ ।

तनहुँ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित दमौली एफ.एम. ९४.२ मेगाहर्ज तथा दमौली खबर राष्ट्रिय दैनिकको ११औँ वार्षिक साधारणसभाको आज दमौलीमा उद्घाटन गर्दै नेता जोशीले स्वार्थभन्दा माथि उठेर काम गर्न नसक्दा तनहुँले दुष्परिणाम भोग्नुपरेको बताउनुभयो ।

“असक्षम नेतृत्वका कारण सिङ्गो जिल्लावासीले दुःख पाएका छन्”, नेता जोशीले भन्नुभयो, “प्रजातन्त्रपछि नेपाली काङ्ग्रेसले जुन फड्को मार्नुपर्ने हो त्यो हुन सकेन ।” उहाँले राज्यको चौथो अङ्गका रुपमा रहेको सञ्चारमाध्यमले तथ्यमा आधार रही निष्पक्ष ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले सञ्चारमाध्यमले पार्टीगतभन्दा माथि उठेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । सहायक प्रजिअ तुलसीराम पौडेलले आफ्नो पेशाप्रति इमान्दार र जिम्मेवार हुन पत्रकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्