Logo

नेपाली चेली पुष्पा बस्नेत बनिन् सीएनएन ‘सुपर हिरो’



Spread the love

puspa_basnet

नेपालकी पुष्पा बस्नेतले सीएनएन सुपर हिरो जितेकी छिन् । अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट आज सुपर हिरो अवार्ड प्रदान गरेको हो।

सिएनएन सुपर हिरोका लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी,  फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा,  इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राकलाई पछि पार्दै पुष्पाले ‘सीएनएन सुपर हिरो’को उपाधि जितेकी छन् ।

उनी प्रारम्भिक बाल विकास केन्द्र र पुतली घर नामक संस्थाकी संस्थापक अध्यक्ष हुन्। उनी र उनको संस्थाले विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काम गर्दछ।

बस्नेतसँगै सिएनएन सुपर हिरोका लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राक समेत मनोनयन भएका छन् । सिएनएन हिरो का लागी आफुले ईच्छाएको मनोनीत व्यक्तिलाई मत दिने व्यवस्था गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्