Logo

राष्ट्रिय विद्यार्थी संघद्वारा १ लाख भन्दा बढी हस्ताक्षर गृहमन्त्रीलाई



Spread the love

सल्लेरी – खबर काठमाडौं । राष्ट्रिय विद्यार्थी संघले दबाब स्वरुप १ लाख भन्दा बढी हस्ताक्षर संकलन गरि गृहमन्त्रीलाई ग्यापन पत्रका साथसाथै हस्ताक्षर संकलन गरि बुझाएको छ ।

 

निर्मला पन्त लगायत देशै भरी बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु प्रति ध्यानाकर्षण गराउन उपत्यकाका ३०० वटा विद्यालय तथा क्याम्पसका विद्यार्थी, शिक्षक, बुद्धिजीवी, राष्ट्रवादी ब्याक्तित्वहरु द्वारा हस्ताक्षर संकलन गरिएको थियो । राष्ट्रवादी विद्यार्थी संघका उपाध्यक्ष ज्ञानदेव विस्टको नेतृत्वमा महासचिव लगायत १७ जनाको टोलिले गृहमन्त्रीलाई हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएको हो ।

 

शिक्षा, स्वास्थ, रोजगार, सुरक्षा , सामाजिक न्याय,आधारभुत संस्कार ,मुल्य मान्यता लाई ग्यारेन्टीका निम्ति बिगत २ बर्ष देखि निरन्तर अगाडी बढदै राष्ट्रवादी विद्यार्थी संघ आएको र यदि सरकारले यसका निम्ति ठोस कदम उठाएन भने विद्यार्थीहरुले यसका विरुद्ध ठोस आन्दोलन उठान गर्ने राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय अध्यक्ष तारा प्रसाद आर्यालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्