Logo

अनुप नेपालको गजल ।



Spread the love

 

 

एउटा बिग्रे तिमीलाई अर्को साटोमा मिल्दछ,
चाहिएजती सब थोक बाटो बाटोमा मिल्दछ ।
यो जमिनमा एक दिन पर्खालको बिरुवा उम्रनेछ,
हाम्रो त बस्ती हरेक साल माटोमा मिल्दछ ।
दु:ख र सङ्घर्षको बारेमा तिमी के जान्दछौ ?
पल्टाई हेर सिक्काको अर्को पाटोमा मिल्दछ ।
देशभक्ति खोज्न इतिहास पल्टाउन पर्दैन,
ती नशामा बगेको रगत तातोमा मिल्दछ ।

ooo

ooo

प्रतिक्रिया दिनुहोस्