Logo

समृद्ध नेपाल निर्माण गर्न बजेटको कमी नहुने



Spread the love

५ असोज, रामेछाप – प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ नागीमा आज आयोजित आवास पुनःनिर्माण हस्तान्तरण कार्यक्रममा उहाँले दिगो विकासको लक्ष्य पूरा गर्न प्रशस्त बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो । मन्त्री ढुङ्गेलले प्रदेश नं ३ मा कृषिलाई प्राथमिकता दिई सोही अनुरुप बजेट विनियोजन गरिएको बताउनुभयो ।

एक फरक प्रसङ्गमा उहाँले लिखु ३ र ४ जलविद्युत् आयोजना छिट्टै सञ्चालनमा ल्याएर उज्यालो नेपाल अभियानमा सहभागी हुनुपर्ने बताउँदै विद्युत्को प्रचुर सम्भावना बोकेको नेपालले विद्युत् उत्पादन गरी युरोपलाई बेचेर धनी बन्न सक्नेछ भन्नुभयो ।

सामुदायिक विकास समाजसँगको साझेदारीमा गैरसरकारी संस्था मिडियरले लिखु तामाकोशी गाउँपालिका–३ र ४ मा एक हजार २६ भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको हो भने २०४ घर निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस्