Logo

नेपालबारे भारतलाई चीनको चुनौती



Spread the love

Nepal-China-India

चीनले नेपाल ढुवानीका लागि चिनियाँ कार्गो रेल सञ्चालनबारे भारतले दिएको अभिव्यक्तिमा कडा प्रतिक्रिया जनाउँदै भारतले यस्तो ठाने अन्त्यहीन समस्या निस्कने चेतावनी दिएको छ ।

चिनियाँ सरकारी प्रकाशन ‘ग्लोबल टाइम्स’ दैनिकमा आइतबार प्रकाशित लेखमा ‘चिनियाँ सामाग्री निर्यातलाई भारतमा निर्मित वस्तुको विक्रीको चुनौतीका रुपमा लिइए त्यसले अन्त्यहीन समस्या निम्त्याउने’ प्रतिक्रिया उल्लेख भएको आजको नागरिक दैनिकमा समाचार छ ।

ग्लोबल टाइम्सलाई वैदेशिक नीतिमा चीन सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने पत्रिकाको रुपमा लिइन्छ ।

लेखमा चिनियाँ कार्गो रेल सञ्चालन विषयमा भारतले नेपालको बजार खोस्न लागेको ठाने त्यसले चीन–भारत सम्बन्धमै समस्या ल्याउने चेतावनी दिइएको छ ।

भारतले चीनबाट नेपाली सामान रेलमा आइरहेको बारे भारतीय व्यापारको स्वतन्त्र प्रतिस्पर्धाविहीन पहुँचलाई नराम्रोसँग प्रभावित गर्ने अभिव्यक्ति सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्