Logo

अन्सारीलाई सहिद घोषणा गर्ने सरकारको निर्णय



Spread the love

६ असोज, काठमाडौं– सरकारले अज्ञात समूहको गोली प्रहारबाट ज्यान गुमाएका सुनसरीको हरिनगर गाउँपालिकाका खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । उनको बिहिबार दिउँसो अज्ञात समूहले प्रहार गरेको गोली लागेको मृत्यु भएको थियो ।

अन्सारीकाे मृत्युपछि स्थानीयका साथै मुस्लिम अगुवाले मृतकलाई सहिद घोषणा गर्दै छानबिन समिति बनाएर घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेबमोजिम सरकारले उनलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

शुक्रबार अबेर सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले उनलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई राहत स्वरुप १० लाख दिने निर्णय भएको जानकारी दिए ।

शुक्रबार नै गृह मन्त्रालयले अन्सारीको हत्याको घटनाबारे छानविन गर्न प्रदेश १ का प्रहरी वरिष्ठ उपरीक्षक किशोर दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्