Logo

मायाप्रसाद शर्माद्वारा नेकपाको प्रदेश सचिव हुन अस्वीकार



Spread the love

६ असोज, काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेशको सचिव पद अस्वीकार गरेका छन् ।

नेकपाको शुक्रबार विहान बसेको सचिवालय बैठकले शर्मालाई कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिने निर्णय गरेको थियो । उनले सचिव पदमा नरहने कुरा सामाजिक सन्जाल फेसबूक मार्फत सार्वजनिक गरेका थिए । उनले फेसबूकमा यसरी लेखेका छन- ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने कुराको जानकारी गराउँछु ।’

उनी निकट स्रोतका अनुसार पोटफुलियो नमिलेका कारण उनले सचिव पद अस्वीकार गरेका हुन् । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले जे भन्यो त्यही नहुने भन्दै शर्माले आपत्ति जनाएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्