Logo

भक्तपुर मेलामा सोह्र करोडको कारोबार



Spread the love

gai-jatra-in-bhaktapurभक्तपुर, २९ मङ्सिर ।

भक्तपुरको सल्लाघारीमा मङ्सिर २४ गतेदेखि सुरु भएको भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेलामा रु १६ करोडभन्दा बढीको कारोबार भएको छ ।

आज सम्पन्न उक्त मेलामा एक लाख ३० हजारभन्दा बढीले अवलोकन गरेको र रु १६ करोडभन्दा बढीको कारोबार भएको मेलाका संयोजक एवम् सङ्घका कोषाध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिनुभयो ।

मेलामा मौलिक हस्तकलाका उत्पादन, घरेलु तथा लघुउद्यमका उत्पादन, शैक्षिक तथा सूचना प्रविधि, कृषि उत्पादन, विभिन्न ब्रान्डका सवारीसाधन, दैनिक उपभोग्य तथा घरायसी सामग्री, विद्युतीय सामग्री, फर्निचर, बाल मनोरञ्जका सामग्री, आयुर्वेदिक सामग्री र ‘एक जिल्ला एक उत्पादन’का सामान बिक्रीका लागि राखिएको थियो ।

मेला अवधिभर परम्परागत तथा आधुनिक सांस्कृतिक समूहबाट विभिन्न प्रस्तुति दिइएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्