Logo

अब खाली आकाशमुनि बस्नु पर्दैन :मन्त्री राई



Spread the love

७ असोज, टीकापुर – शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले अब कोही पनि नेपाली खाली आकाशमुनि बस्नुपर्ने अवस्था नरहने बताउनुभएको छ ।

टीकापुर सभाहलको आज टीकापुरमा उद्घाटन गर्दै मन्त्री राईले सङ्घीय सरकारले आवाससम्बन्धी विधेयक पास गरी सकेकाले चाँडै स्थानीय तहमार्फत लागत सङ्कलन गरी आवासविहीनलाई वासको व्यवस्था गर्ने जानकारी दिनुभयो ।

उहाँले स्थानीय सरकार आइसकेकाले शहरी विकास ऐन नआउँदासम्म नगर विकास समितिको जिम्मा स्थानीय तहलाई दिइने बताउनुभयो । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सभाहलले टीकापुरमा सभा समारोह सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कैलालीको रु पाँच करोड १४ लाखको लागतमा निर्माण भएको सभाहलको क्षमता ४५० जना अट्ने रहेको टीकापुर नगर विकास समितिका सदस्य सचिव सुरेशकुमार वाग्लेले जानकारी दिनुभयो । टीकापुरमा बनेको यो पहिलो सभा हल हो ।

प्रतिक्रिया दिनुहोस्