Logo

कामपाका गैरसरकारी संस्था अनलाइन प्रविधिमा



Spread the love

–शर्मिला पाठक


७ असोज, काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्रका सबै गैरसरकारी सङ्घसंस्थालाई अनलाइन प्रविधिमा लैजाने तयारी गरेको छ । आगामी केही दिनमै उक्त कार्यक्रमको शुरु गरिने कामपाले जनाएको छ ।

कामपाको सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार उक्त कार्यका लागि अभ्यास अन्तिम चरणमा पुगेको छ । हाल कामपाका ३२ वटा वडामा गरी करीब चार हजारको सङ्ख्यामा गैरसरकारी सङ्घसंस्था रहेका छन् । अब ती सबैले र आगामी दिनमा दर्ता हुन आउने गैरसरकारी संस्थाहरुले पनि आफ्नो सबै काम कारवाही अनलाइनमार्फत देखाउनु पर्नेछ ।

यसअघि तत्कालीन जिल्ला विकास समितिबाट आफ्नो काम गर्दै आएका ती संस्थाले अब सबै काम स्थानीय तह अर्थात् कामपाबाट गर्नुपर्नेछ । सबै गैरसरकारी संस्थाले प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । दिन प्रतिदिन गर्ने कामको प्रगति विवरण, कुन काम कहिले र कहाँ गरिएको हो, कति समय लाग्यो, उक्त कामको लागिकति खर्च गर्नुप¥यो, कार्यक्रम गर्नका लागि खर्च कहाँबाट भयो लगायतका सम्पूर्ण कामको जानकारी कामपालाई गराउनु पर्नेछ । ती सबै जानकारी गराउँदा कागजीरुपमा नभई अनलाइनमार्फत जानकारी गराउनुपर्ने भएको हो प्रमुख काफ्लेले भन्नुभयो ।

यस प्रणालीबाट गैससले सञ्चालन गर्ने कार्यक्रम प्राप्त गर्ने, स्कीकृत गर्ने तथा स्वीकृत भएको कार्यक्रमसम्बन्धी जानकारी सेवाग्राहीलाई इमेलबाट पठाउने लक्ष्य छ । पद्धति कार्यान्वयनमा आइसकेपछि गैरनाफामूलक संस्था दर्ता, नवीकरण, उनीहरुले पेश गरेको कार्यक्रम स्वीकृत गर्ने, जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषद्मा पठाउने सिफारिशमा सहज हुने अपेक्षा गरिएको छ ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका गैरनाफामूलक सङ्घसंस्थाको काम निगरानी गर्न नीति तर्जुमा गरेको हो । यसमा संस्था सञ्चालन गर्ने व्यक्तिले आफ्नो संस्थाको नाम, सञ्चालक, संस्था रहेको स्थान, मुख्य कार्य क्षेत्र, संस्था दर्ता भएको मिति, काम शुरु भएको मिति, प्यान नम्बरलगायतका विवरण भर्नुपर्छ ।

त्यस्तै विधान, कार्यसमितिसम्बन्धी जानकारी, नागरिकताजस्ता आवश्यक पर्ने कागजपत्र समावेश गरेर पठाउनुपर्छ । विवरण भरेर पठाएपछि कामपाका सम्बन्धित वडाले आफूसँग सम्बन्धित तथ्य र तथ्याङ्क जाँच गर्छ । त्यसपछि पहिलो वडा कार्यालयबाट पहिलो परीक्षण हुन्छ । वार्षिक रु १६ लाख ती संस्थाको कामपालाई राजश्व बुझाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्