Logo

हवाई आक्रमणमा परी अफगानिस्तानमा एकाइस जनाको मृत्यु



Spread the love

a10_thunderboltकाबुल, २९ मङ्सिर ।

अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने बाल्खमा बुधबार भएको हवाई आक्रमणमा परी २१ जनाभन्दा बढीको मृत्यु भएको छ ।

लुकेर बसेका तालिबानी लडाकुहरूलाई लक्षित गरी सरकारी सेनाले आक्रममण गर्दा उनीहरूको मृत्यु भएको गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

सुरक्षाकर्मीहरूले सुरक्षा कारबाहीका क्रममा तालिवानी लडाकूहरूले लुकाइराखेका हातहतियार पनि नष्ट गरेको मन्त्रालयले जनाएको छ ।

आतङ्कारीहरूलाई लक्षित गरी देशका अन्य ठाउँमा पनि सुरक्षा कारबाहीलाई निरन्तरता दिने गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्