Logo

एसिड आक्रमणमा परी गम्भीर घाइते भएकी सम्झना दासको मृत्यु



Spread the love

रौतहट – एसिड आक्रमणमा परी गम्भीर घाइते भएकी चन्द्रनिगाहपुर ६ की १८ वर्षीय सम्झना दासको उपचारकै क्रममा मृत्यु भएको छ । दासको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । बुवा जादोलाल दासका अनुसार सम्झनाको गएराति ११ बजे उपचारकै क्रममा मृत्यु भएको हो । तिजको दरखाने राति दुई दिदीबहिनीमाथि रौतहटस्थित घरमा एसिड प्रहार भएको थियो । एसिड प्रहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । रामबाबु पासवान पक्राउ परेका हुन् पक्राउ परेका दासले आफूसँग अनैतिक सम्बन्ध राख्न नमानेपछि आक्रमण गरेको बयान दिएको प्रहरीले जनाएको छ । सम्झनाकी बहिनी सुस्मिताको अहिले कीर्तिपुर अस्पतालमा नै उपचार भइरहेको छ । उनको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्