Logo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै



Spread the love

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल अाउने खबर भारतीय दूतावासको स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार उनी मंसिरको १२ वा १३ अर्थात नोभेम्बर २८ वा २९ मा नेपाल आउन सक्नेछन् । भारतीय प्रधानमन्त्री मोदी गएको अगष्ट महिनामा काठमाडौंमा सम्पन्न बिम्स्टेकको शिखर सम्मेलनमा भाग लिन नेपाल आएका थिए । समाचारमा जनाइएअनुसार उनको भ्रमण राजकीय हुनेछ । तिथी केही अघि वा पछि हुन पनि सक्ने काठमाडौंस्थित भारतीय दूतावासका एक उच्च अधिकारीलाई उद्धृत गर्दै जनाइएको छ । नोभेम्बरमा हुने भ्रमणमा उनले गौतम बुद्धको जन्मस्थान लुम्बिनीको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । मोदी प्रधानमन्त्री भइसकेपछि यसअघि चारपटक नेपालको भ्रमण गरिसकेका छन् । नेपालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीपछि पनि यो उनको तेस्रो भ्रमण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्