Logo

गजल



Spread the love

arjun_dahal

र, आज म फेरी तिम्रो नाममा शब्द जुटाउँदैछु

मनभित्र कुन्ठित स्वरलाई अक्षरमा बदल्दैछु

रहर गर्नुमा मात्र जिन्दगी सिमित नभए पनि
तिम्रो यादले तडपिएको यो मुटु सम्हाल्दैछु

संसार जित्ने सपना त सबैको हुन्छ
अकिलिज जस्ता योद्धाले पनि हारेको कथा सम्झदैछु

अचानाको पिर खुकुरीले त बुझ्दैन
एक अस्तित्वहिन मस्तिष्कलाई सम्झाउँदैछु

सपना र बिपनामा भिन्नता नदेख्ने यो मन
भविष्यका लागि पनि केहि आँसु बचाउँदैछु

हरेक गुलाफको काडा हुनु स्वभाविकै हो
घाइते यो आत्मामा तिम्रो उपचार खोज्दैछु

झर्ने त अवश्य ओइलिएको फूल नै हो
तिमीले श्र्दान्जली दिए पनि स्वयं बाच्ने प्रयास गर्दैछु

प्रतिक्रिया दिनुहोस्