Logo

आमहडतालले जनजीवन प्रभावित



Spread the love

jhapa

संविधान संशोधनको प्रस्तावप्रति गम्भीर आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको सङ्घीय लिम्बुवान पार्टी नेपालले आज गरेको आमहडतालबाट झापाको जनजीवन प्रभावित भएको छ ।

आमहडतालका कारण यस जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।

आमहडताललाई शान्तिपूर्ण र मर्यादित बनाउने भनिएको सो पार्टीले हडतालका समयमा मोटरसाइकल, दूध, सब्जी, प्रेस, चिकित्सक, औषधि, विवाह, मलामी, सववाहन, एम्बुलेन्सजस्ता अत्यावश्यकीय सवारी साधन तथा सेवालाई निर्वाध सञ्चालन गर्न अनुमति दिएका छन् ।

त्यस्तै, शिक्षण संस्थालाई बन्दमुक्त राख्ने तथा परीक्षाको अवधिलाई सहज बनाउने विषयमा नागरिक समाज र अधिकारकर्मीले गरेको आग्रहलाई सकारात्मक रुपमा ग्रहण गरेको सो पार्टीले जनाएको छ ।

प्रदेश नं ५ लाई टुक्र्याउने भएपछि झापा, मोरङ सुनसरीलाई टुक्र्याउने षडयन्त्र भइरहेको भन्दै त्यसमा यस क्षेत्रका नागरिक सचेत हुनुपर्ने आन्दोलनरत पार्टीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्