Logo

११ को परीक्षाफल सार्बजनिक, ५१.७१ प्रतिशत उत्तीर्ण



Spread the love

rastriya_pariksha_board

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को परीक्षाफल बिहिबार सार्वजनिक गरेको छ। आज सार्वजनिक भएको नजिताअनासर ५१ दशमलव ७१ प्रतिशत अर्थात १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएको उत्तीर्ण भएको बोर्डले जनाएको छ।

परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी भएका थिए । यसअघि मंसिर २१ गते बोर्डले कक्षा एघारको आंशिक तर्फको नतिजा सार्बजनिक गरेको थियो ।  गत बर्ष सम्म नियमित र आँशिकको नतिजा एकैपटक प्रकाशित गर्ने गरिन्थ्यो ।

बोर्डका अनुसार ३३ जनाको परीक्षा रद्द गरिएको छ । परीक्षाफलबारे चित्त नबुझेमा १५ दिनभित्र लब्धांकपत्रको प्रतिलिपिसहित बोर्डमा निवेदन दिन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  एक  विषयमा अनुत्तीर्ण भएका परिक्षार्थीको माघ ८ गते मौका परीक्षाको लिने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्