Logo

प्रदेश नम्बर प्रदेश ७ को नाम सुदूरपश्चिम, कैलालीमा राजधानी



Spread the love

 

 

 

 

 

 

 

 

 

 

 

 

नाम र राजधानी तोक्न गठित विशेष समितिले प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरीमा राख्ने सिफारिस सहितको प्रतिवेदन मंगलबार प्रदेशसभा बैठकमा पेस गरेको छ । गत साउन १४ गते नेकपाका सांसद तारा तामाङ लामाको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरिएको थियो ।

विशेष समितिमा ७ नम्बर प्रदेशको नाम सुदूरपश्चिम राख्न सर्वसम्मत हुन नसकेपछि बहुमतले निर्णय गरेको छ । अहिलेको ७ नम्बर प्रदेशमा साबिककै सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेका जिल्लाहरू छन् । प्रदेशको नाम खप्तड, महाकाली, दशरथ चन्द र सेतीमहाकाली राख्नुपर्ने आवाज पनि उठेको थियो ।

प्रदेशसभाले समितिको प्रतिवेदन बुझे पनि मंगलबारको बैठकमा त्यस विषयमा थप छलफल र निर्णय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्