Logo

रचना



Spread the love

Ro Z jal

म सुन्न चाहन्न तिम्रा कुराहरु
ती आकाश छुने सपना
सोध त्यो भरियालाई
जीवन हिड्नै गाह्रो छ यहाँ
तिमी उड्ने कुरा गर्छौ
म बुझ्न चाहन्न तिम्रा इक्षाहरु
ती स्वर्ग निर्माणका लक्ष
सोध त्यो लाहुरेलाई
एक एक इटाको मुल्य
एक एक थोपा पसिना…

अहँ!
म हेर्दै हेर्दिन तिम्रा खोस्टा
जसलाई तिमी सफलता भनेर
छाती फुलाउछौ
ती खोस्टामा तिम्रा बाबुको जवानी छ
जाउ तिम्री बुढी आमालाई देखाऊ।

प्रतिक्रिया दिनुहोस्