Logo

एसियाको सबैभन्दा सेक्सी पुरुष पाकिस्तानी गायक जेन मलिक



Spread the love

hrithik_sexymale       बलीउड अभिनेता रितिक रोशन हालसम्म एसियाका सबैभन्दा सेक्सी पुरुषको रुपमा मानिन्थे । तर, यो उपाधि अब अरु कसैले पाएको छ । एक ब्रिटिश मुलका पाकिस्तानी गायक जेन मलिकले रितिकलाई पछि पारेका छन् । यस अनलाइन चुनावमा जेनलाई एसियाको सबैभन्दा सेक्सी पुरुषको रुपमा चुनिएको छ । यस चुनावको टप ५ मा भने सलमान खानले पनि आफ्नो स्थान बनाउन सफल भएका छन् ।
jain                  २३ वर्षीय जेन मलिक ब्रिटिश गायक हुन् । उनी ‘वन डायरेक्शन’ नामक ब्याण्डका सदस्य समेत रहेका थिए । तर, ब्याण्ड छोडेपछि एकल गायनलाई उनले प्राथमिकतामा राखेका थिए । सन् २०१५ मा लण्डनको एक साप्ताहिक ‘इस्टर्न’ ले गरेको चुनावमा जेन मलिकले जीत हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्