Logo

सिराहाबाट डाक्टर अपहरणमा



Spread the love

१० असोज, काठमाडौं– सिराहाको लहानबाट एक डाक्टर अपहरणमा परेका छन । अग्यात समुहले उनको अपहरण गरेको हो । लहान स्थित घरबाहिर हिँडदै गरेको अवस्थामा उनी अपहरणमा परेको बताइएको छ ।

मंगलबार साँझ ७ बजेर १० मिनेटमा डा. सुवास यादवलाई ४ जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले अपहरण गरेको बताइएको छ ।

‘अपहरण भएको सूचना पाएसँगै प्रहरी परिचालन गरेर खोजतसाल गरिरहेका छौं’ जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी जीवन श्रेष्ठले संचारकर्मीसँग भने, ‘अपहरणकारीको यकिन गर्दै छौं, राजमार्गमा चेकजाँच भइरहेको छ ।’ डाक्टर मकवानपुरको हेटौंडा स्थित सहकारी अस्पतालमा कार्यरत थिए । पछिल्लो एक महिनायता भने लहानस्थित ससुराली घरमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्