Logo

रोल्पामा बन्दका कारण यातायात प्रभावित



Spread the love

असोज १० रोल्पा – जिल्ला सेक्रेटरी सन्तोष सुवेदीको पक्राउको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द पार्टी रोल्पाले आज आह्वान गरेको जिल्ला बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार र शिक्षण संस्थासमेत बन्द भएको छ ।
जिल्ला सेक्रेटरी सुवेदीसहित जिल्ला कमिटी सदस्य सूर्यलाई हिरासतमा राखिएको सो पार्टीले जनाएको छ । जलजला सांस्कृतिक परिवारले धवाङको साउनेपानीमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम हेरिरहेका सुवेदीलाई प्रहरीले असोज १ गते पक्राउ गरेको र जिल्ला सेक्रेटरी सुवेदीसहित जिल्ला कमिटी सदस्य सूर्यलाई हिरासतमा राखिएको सो पार्टीले जनाएको छ । प्रतिनिधिसभा निर्वाचनका क्रममा यसअघि पनि लामो समय हिरासत बसेर रिहा भएका सुवेदी पुनः पक्राउ परेका हुन् । सन्तोष तत्कालीन माओवादी केन्द्रका प्रभावशाली नेता झक्कु सुवेदीका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्