Logo

२ किलो चाँदीसहित धनुषामा एकजना पक्राउ



Spread the love

असोज १० जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले २ किलो चाँदीसहित नगराइन नगरपालिका २ नगराइन टोल बस्ने अजयकुमार साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दिपेन्द्र शाहीले जानकारी दिए । ज६प २३३७ नम्बरको मोटरसाइकलमा साहले कपडाको झोलामा लुकाइछिपाइ ल्याउँदै गरेको २ किलो १० ग्राम चाँदी जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले देवडीयाबाट चेकजाँचको क्रममा पक्राउ बरामद गरेको हो । साहले भारतबाट अबैध रुपमा लुकाई छिपाइ चाँदी ल्याएको हुनसक्ने प्रहरीले जनाएको छ । साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान भैरहेको र बरामद चाँदी राजश्व कार्यालय बुझाउने तयारी भैरहेको डीएसपी शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्