Logo

लुम्बिनी क्याम्पसले मनपरी गरेको भन्दै नेविसंघद्वारा आगजनी र तोडफोड



Spread the love

नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले लुम्बिनी वाणिज्य क्याम्पसमा क्याम्पस प्रशासनले मनपरी गरेको भन्दै आगजनी र तोडफोड गरेको छ । क्याम्पस प्रशासनले नयाँ नियुक्त गरिएका ११ जना शिक्षक, कर्मचारीहरू नातावाद, कृपावाद र भनसुनका आधारमा नियुक्त गरेको नेविसंघको आरोप छ ।

लुम्बिनी वाणिज्य क्याम्पस इकाइ समितिका सभापति सुरज क्षेत्री र केन्द्रीय सदस्य टंक पाण्डेको नेतृत्वको समूहले क्याम्पस प्रमुखको कुर्ची, टेबलमा आगजनी गरेको हो ।

नेविसंघले क्याम्पस प्रमुखको कार्यकक्ष र उनी चढ्दै आएको स्कार्पियो गाडीमा तोडफोड गरेका छन् ।

सल्लेरी खबर सँग कुरा गर्दै नेविसंघका सभापति सुरज क्षेत्रीले भने “क्याम्पसमा कसैको नातावाद, कृपावाद र मनपरितन्त्र नेविसंघले चल्न दिँदैनौ र तत्काल निर्णय नसच्याए थप आन्दोलन चर्काउछौं”।

क्याम्पसले असहज परिस्थिति सृजना भएको भन्दै ११ र १२ गते कलेज बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्