Logo

रुपन्देहीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु



Spread the love

रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकामा रहेको शंखनगर चोकमा ट्रकले ठक्कर दिदा मोटरसाइकलमा सवार एकजनाको घटना स्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिकाकी २० वर्षीय अनु श्रेष्ठ रहेकी छिन् भने घाइते हुनेमा पुष्कर शाही रहेका छन् ।

घाइते शाहीको लुम्बिनी अञ्चल अस्पताल मा उपचार भइरहेको छ ।

लु १ ख ७३४९ नम्बरको ट्रकले बा ७५ प ४९२७ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएको थियो ।

ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्