Logo

लुकाइछिपाइ राखेको काठ बरामद



Spread the love

१० असोज , लुम्बिनी – पानीभित्र लुकाइछिपाइ राखेको १०८ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल पजरकट्टीले बरामद गरेको छ ।

पजरकट्टी बीओपीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक ताम्रजङ्ग बस्नेतको नेतृत्वमा खटिएको शसस्त्र प्रहरीको टोलीले देवदह नगरपालिका–११ रेहरास्थित त्रिमुर्ति इँट्टा उद्योगको कम्पाउण्डबाट सो काठ बरामद गरेको हो ।

बरामद काठको बजार मूल्य रु चार लाख ३२ हजार रहेको र थप अनुसन्धान तथा कारवाहीका लागी सब डिभिजन वन कार्यालय देवदहलाई बुझाइएको प्रहरी निरीक्षक बस्नेतले जनाउनुभयो । पानीभित्र चोरी तस्करी गरेर नवलपरासी र रुपन्देही क्षेत्रबाट ल्याई इँट्टा उद्योगको नालीको पानीमा लुकाइछिपाइ राखेको अवस्थामा शसस्त्र प्रहरीले खोजतलास गर्दा बरामद गरेको हो ।

बरामद काठ एक डेढ महिना पहिलेदेखि पानीमा लुकाइछिपाइ राखेको हुनसक्ने र सो काठ पुरानो भएपछि बिक्री गर्ने मनसाय भएको हुनसक्ने वन कार्यालयले जनाएको छ । उक्त काठ रुपन्देही र नवलपरासीको जङ्गलबाट अवैधरुपमा कटानी गरी ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सालको काठ एक किलोमिटर दूरीमा रहेको नवलपरासीको दशकठ्ठा भन्ने जङ्गलबाट चोरी गरी ल्याएको हुनसक्ने सब डिभिजन वन कार्यालय देवदहका इञ्चार्ज कृष्ण ज्ञवालीले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्