Logo

धरानमा बाली विज्ञान अध्यापन शुरु



Spread the love

११ असोज, धरान – सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जारमा रहेको जगन्नाथ डेढराज जनता (जडेज) माविमा यो वर्षदेखि बाली विज्ञानको कक्षा शुरु गरिएको छ । ‘एक स्थानीय तह एक प्राविधिक शिक्षालय’ बनाउने प्रधानमन्त्री केपी ओलीको पहिलो निर्णयलाई साकार पार्न बराहक्षेत्र नगरपालिकाको सहयोगमा पढाइ शुरु गरिएको हो ।

सरकारको राष्ट्रिय नीतिअनुसार सञ्चालन गर्न लागिएको उक्त विषयको पठनपाठनको शुरुवात गत मङ्गलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री पोखरेलले ग्रामीण भेगमा प्राविधिक विषयको अध्यापन शुरु गरेर सरकारको एक स्थानीय तह एक प्राविधिक शिक्षालय’ अभियभान कार्यान्वयन भइरहेको जानकारी दिनुभयो । बाली विज्ञान विषयको तीनवर्षे डिप्लोमा तहका लागि नगरपालिकाको पहलमा सिटिइभिटीसँग सम्बन्धन लिएर जडेज माविमा पठनपाठन शुरु गरिएको हो ।

स्थानीय विद्यालयमै प्राविधिक शिक्षाको कृषि विषय पढाइ हुन थालेपछि स्थानीयवासी धरान, इटहरी, विराटनगर, उर्लावारी पुग्नुपर्ने बाध्यता हराएको स्थानीयवासीले बताएका छन् । विद्यालयमा कृषिको आधुनिकीकरण, प्रविधिको प्रयोगबारे अध्यापन हुने विद्यालयका सूचना अधिकारी चेतनाथ भट्टराईले जानकारी दिनुभयो ।

विद्यालयको पूर्वाधार निर्माणका लागि नगरपालिकाले रु १५ लाख उपलब्ध गराएको नगरपालिकाका प्रमुख निलम खनालले जानकारी दिनुभयो । सो रकम विद्यार्थीका लागि आवश्यक प्रयोगशाला र प्रयोगात्मक कार्यका लागि खर्च गर्न बजेट व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्