Logo

के हो पेट्रोब्राज ?, किन गरियो पेट्रोब्राजलाई ८५ करोड डलर जरिवाना



Spread the love

११ असोज, अमेरिका – अमेरिकी तथा ब्राजियाली अधिकारीले ब्राजिलको विशाल तेल कम्पनी पेट्रोबाजलाई आर्थिक अनियमितता गरेको अभियोगमा ८५ करोड अमेरिकी डलर बराबरको जरिवाना गरेको छ ।

अमेरिकी तथा ब्राजियाली अधिकारीले पेट्रोबाजलाई ब्राजिलियाली नेता तथा राजनितिक दललाई घुस दिएको अभियोगमा ८५ करोड अमेरिकी डलर बराबरको जरिवाना गरेको अमेरिकी न्यायिक विभागले बिहीबार जनाएको छ ।

पेट्रोब्राज भ्रष्टाचारकाण्ड छानबिन गर्न गठित एक आयोगले ठूलो सङ्ख्यामा राजनीतिज्ञहरु, पेट्रोब्राजकै उच्चपदाधिकारीहरु तथा पेट्रोब्राजसम्बन्धित निर्माण कम्पनीका पदाधिकारीहरुलाई सरकारी स्वामित्वको संस्थालाई प्रभावमा पारी अनुचित ठेक्कापट्टा सम्झौता गरे गराएको भन्ने आरोप लगाएको र उनीहरुलाई पक्राउ गर्नुपर्ने सिफारिस गरेको थियो ।

“पेट्रोबासका उच्च तहका अधिकारी तथा सञ्चालक समिति सदस्यले करोडौँ अमेरिकी डलर आर्थिक अनियमितता गरी अनुचित ठेक्का सम्झौता गरेको ठहर भएको छ,” विभागका सह महान्यायाधिवक्ता ब्राइन वेन्कोस्कीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
जरिवानामध्येको ८० प्रतिशत रकम ब्राजिलियाली अधिकारीले तिर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्