Logo

सरकारका काम देखेर दिक्क लाग्न थाल्यो : कम्युनिष्ट पार्टीका नेता एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल



Spread the love

असोज १२ काठमाडौँ – बिहीबार संसदको बर्खे अधिवेशनको अन्तिम बैठकमा बोल्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको जताततै खिसिटिउरी भइरहेको र जनतामा ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने परेको छ। जनता काम हेर्न चाहन्छन्, परिणाम हेर्न चाहन्छन् । ‘देश डुब्न लागिसक्यो माझी बचाइदेऊ न…’ भन्ने गीतबाट बोल्न सुरू गरेका उनले सरकार बलात्कारीलाई कारबाही गर्नेदेखि सुशासनका मुद्दामा चुक्दै गएको बताए। ‘कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा अझै पत्ता नलाग्नुको र बढ्दो बलत्कार घटनाको कारण, रौतहटलगायतका ठाउँमा बालिकामाथि दिनदिनै एसिड प्रहार भईरहेको छ । यी घटनामा संलग्नलाई कारबाही गर्न म सरकारको ध्यानाकर्षण गराउँछु,’ नेपालले भने। सरकारले गरेका केही विवादास्पद नियुक्तितर्फ इंगित गर्दै नेता नेपालले दुनियाँले भ्रष्टाचारी भनेको व्यक्ति माथिमाथि जाँदा लाजले शिर निहुरिने गरेको बताए। 
तराई मधेसमा सिके राउतका गतिविधिलाई इंगित गर्दै उनले भौगोलिक अखण्डतालाई चुनौती दिइएको कुरा गृह प्रशासनलाई जानकारी छ कि छैन? भनि प्रश्न गरे। उनले विवादस्पद पप्पु कन्ट्रक्सनलाई नयाँ ठेक्का दिने निर्णयको पनि विरोध गरे । ‘जनतालाई गुणस्तरीय काम चाहिएको छ तर यहाँ त कालो सूचीमा पर्ने पुरस्कृत हुने अवस्था छ,’ नेपालले भने । उनले निजगढ विमानस्थलमा काट्ने भनिएका रूखबारे नेकपाभित्रै विवाद उत्पन्न भएको बताए। नेपालपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बोलेका थिए। उनले झन्डै तीन दशक लामो आफ्नो राजनीतिक यात्राका क्रममा सत्ता पक्षकै नेताले सरकारको आलोचना गरेको पहिलोपटक देखेको बताए। ‘नेपालको धेरै कुरामा हाम्रो समर्थन छ,’गच्छदारले भने। ‘कमसेकम जनताले के भन्छन् भन्ने कुरा जवाफ दिनका लागि मात्र होइन महसुस गर्ने गर्नुहोस्, कहाँ छन् समस्या खोज्ने र समाधान गर्ने आट गर्नुहोस् भन्ने नेपालअले सुझाब दियका छन् । देशमा बढीरहेको समस्यालाई मध्यनजर गर्दै नेपाले सरकारप्रती आफु असन्तुस्त रहेको बताय ।

प्रतिक्रिया दिनुहोस्