Logo

सम्भवत : नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको निधन



Spread the love

असोज १२ पोखरा – सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी पोखरा महानगरपालिका – ३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाले ३६ वर्षीय पनाती राजु गुरुङले पालनपोषण गर्दै आएका थिए । स्वर्गीय गुरुङको शुक्रबार नै गुरुङ परम्पराअनुसार अन्तेष्ठी गरिने पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्