Logo

‘छक्का पन्जा’ ले मनायो सय दिन



Spread the love

यो बर्ष नेपाली चलचित्र क्षेत्रका लागि सबैभन्दा खुसीको बर्ष सावित भएको छ किनकी बर्षौपछि एक नेपाली चलचित्रले प्रदर्शनको सय दिन मनायको छ  । त्यो चलचित्र हो ‘छक्का पन्जा’ । चलचित्र ‘छक्का पन्जा’ ले प्रदर्शनको सय दिन मनायको छ ।

chakka_panja‘छक्का पन्जा’ ले सय दिन मनाउँदासम्म १५ करोडमाथीको ग्रस कलेक्शन गरेको चलचित्र वितरक बताउँछन् । दीपाश्री निरौलाले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘छक्का पन्जा’ मा दीपकराज गिरी, बर्षा राउत, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यो चलचित्र काठमाडौंका केही सिंगल हलका साथै पहिलो पटक मल्टिप्लेक्समा पनि नेपाली चलचित्रले सय दिन मनाएको छ । यो चलचित्र अहिले काठमाडौंको बिग मुभिजमा प्रदर्शन भइरहेको छ । सय दिन मनाएको उपलक्ष्यमा आज सनिबार  प्राय सिनेमा हलहरुले चलचित्र ‘छक्का पन्जा’ प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्