Logo

हरित प्रदेश योजनालाई सार्थकता दिन प्रदेश २ मा ५० हजार विरुवा रोपिदै



Spread the love

असोज १२ जनकपुरधाम – प्रदेश २ मा मन्त्रीपरिषदको ८ गते बसेको बैठकले हरित प्रदेश योजनालाई सार्थकता प्रदान गर्नमा शुक्रबार एकै दिन ५० हजार बिरुवा रोप्दै र बिरुवा रोप्नको लागि प्रदेश २ का मुख्यमन्त्रीदेखि मन्त्री, राज्यमन्त्रीहरु प्रदेश २ का विभिन्न जिल्लामा पुगेका छन् । शुक्रबार बिहान अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले निजगढ विमानस्थलको डीपीआर तयार गरेर अघि बढनुपर्नेमा जोड दिएका छन् । विमानस्थल निर्माणमा लगानीको टुंगो लागिसकेको छैन उनले भने यस्तो अवस्थामा लाखौ रुख काट्नु हुँदैन । प्रदेश सरकार विकासविरोधी छैन । लाखौं रुख काटेपछि प्रदेशमा पर्यावरणीय संकट उत्पन्न हुने बताउँदै मुख्यमन्त्री राउतले यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औल्याए । स्वच्छ वातावरणका लागि हरित प्रदेश योजनालाई सार्थकता दिन लागिएको हो । हरित प्रदेश योजना जिल्लाका सरकारी वनमा लागु हुने जनाइएको छ । वृक्षारोपणमा सहभागी हुन सरकारले सर्वसाधारणलाई समेत आग्रह गरेको छ । त्यस्तै आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव धनुषाधामस्थित संरक्षित वनमा वृक्षारोपण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्