Logo

प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी “गोदावरी” राख्ने निर्णय



Spread the love

अशोज १२ काठमाडौँ – शुक्रवार दोस्रो पटक बसेको संसद बैठकले दुई तिहाई मतका साथ प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ को तेघरी राख्ने निर्णय गरेको हो । उक्त प्रतिबेदन पारितका लागी आज संसदमा समितीका सभापति तारालामा तामाङले पेस गर्नु भयको थियो । प्रदेशको नाम र राजधानी सिफारिस गर्नका लागि बनेको विशेष समितिले प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी राख्न सिफारिस गरेको थियो । सत्तापक्ष र प्रतिपक्षविच नाम र राजधानीका बारेमा सहमति नभएपछि मतदान प्रक्रियाबाट नाम र राजधानी तोकिएको हो । प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने पक्षमा ३८ मत खसेको थियो । विपक्षी दलका १४ सांसदले मत हालेनन प्रतिवेदनमा विपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सासदले असहमति जनाएका थिए । उनिहरुले बैठक बहिस्कार समेत गरेका थिय । प्रदेश ७ मा ५३ सांसद छन्  भने दुई तिहाईका लागि ३६ मत काफी थियो ।

प्रतिक्रिया दिनुहोस्