Logo

नेविसंघले लगाएको ताला अनेरास्ववियूले १ घण्टा नबित्दै फुटायो



Spread the love

नेविसंघले बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको मुलगेट लगायत क्याम्पस भित्र विभिन्न ठाउँमा लगाएको ताला अनेरास्ववियुले १ घण्टा नबित्दै फुटालेको छ ।

यही असोज १० गते नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले लुम्बिनी वाणिज्य क्याम्पसमा क्याम्पस प्रशासनले मनपरी गरेको भन्दै आगजनी र तोडफोड गरेको थियो । क्याम्पस प्रशासनले नयाँ नियुक्त गरिएका ११ जना शिक्षक, कर्मचारीहरू नातावाद, कृपावाद र भनसुनका आधारमा नियुक्त गरेको नेविसंघको आरोप छ । साथै १२ गते क्याम्पसको ताला लगाएको थियो तर पूर्व एमाले निकट अनेरास्ववियुले १ नबित्दै फुटालेको छ । अनेरास्ववियुले ११ गतेको घटनाको भर्सना गरेको छ भने क्याम्पस माथि आगजनी गर्नेलाई नछाड्ने चेतावनी समेत दिएको छ ।

नियमित र सहज रूपमा पठनपाठन गराउनको लागि जस्तोसुकै कदम पनि उठाउन तयार रहेको साथै आफ्नो संगठन सधैँ विद्यार्थीको हकहितको लागि लडिरहेको अनेरास्ववियुको दाबी रहेको छ ।

नेविसंघले ताला लगाउँदा क्याम्पसका गार्ड र क्यान्टिन सञ्चालक समेत भित्र थुनिएको दिपक केसीले बताएका छन् ।

” बिरालो जति नै ठुलो भए पनि बाघको अगाडि केही होइन साथै बिरालोले बाघको मुकुट लगाएर सिंहलाई तर्साउन नखोजे हुन्छ ” अनेरास्ववियुका एक विद्यार्थीले भने ।

नेविसंघले विद्यार्थीको भविष्य माथि खेलबाड गर्ने उद्देश्यले लुम्बिनी वाणिज्य क्यापसमा तालाहरु लगाएकोले विद्यार्थीहरूले निरन्तर रूपमा पढ्न पाउनु पर्छ भनेर तालाहरु फुटाएको अनेरास्ववियुको जिकिर रहेको छ ।

यो पनि पढ्नुहोस ।

->

बाघ सुतेको बेला स्याल कराउनु स्वाभाविक हो ने.बि.संघ सभापति क्षेत्री

->

लुम्बिनी क्याम्पसले मनपरी गरेको भन्दै नेविसंघद्वारा आगजनी र तोडफोड

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्